जादै छु म अब यो मरभुमी बाट रित्तो झोला बोकेर.!
आएको थिए हजारौ सपना मन भरि बोकेर !!
ति बृदा बाबा आमा प्रिय जिबन संगिनी छोडेर...!
आफ्नो धनले आफैलाई बेचेर सात समुन्द्र तरेर !!
आशा गर्दा होलान बाल बच्चा केहि ल्याउछ भनेर !
साहु महाजन हरु घर घेर्न आउलान म आको सुनेर !!
बैरीहरु खुसीले नाच्लान मेरो हालत देखेर.!
प्रियसी पनि प्रसन्न होलिन सुन को हार सम्झेर !
!
तर येहा कसलाई के थाहा छ र प्रदेशीको खबर!
के खादै होला के गर्दै होला कसले पो देख्छ र !!
हुदैन सकार सबैको सपना प्रवासी भएर !
केहि गर्न सिके उन्नति हो स्वदेश मा बसेर !!
मेरो त जिबन खरानी भो जिउदो लाश भएर !
सकिन मैले कमाउन धन खाडी मा पसेर !!
त्येसैले आज जादैछु फर्की आफ्नै देश सम्झेर !
साथी र भाई को त्यो चोखो माया मुटुमा सम्झेर...!!!!!!