Wednesday, November 10, 2010

माझकोट स्वास्थ्य सिबिर तथा महोत्वसब २०६७ (मंसिर २३ २४ र २५ गते - 9, 10 & 11 December 2010)

 गरीबी तथा जनचेतना अभावको कारणले बिशेषत: ग्रामिण क्षेत्रका  अधिकांश बासिन्दाहरु निम्न आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन् । बिभिन्न रोगहरुले ग्रसित भएका मध्ये पनि ५० प्रतिशत भन्दा बढि यस माझकोट गाबिस भेगका स्थानिय बासिन्दाहरु उपाचार बिहिन रहेको तथ्य यसै स्वास्थ्य सिबिरको लागि गरिएको सर्बेक्षणमा खुल्न आएकोछ ।

प्राकृतिक सौन्दर्यताले धनी रहँदा रहँदै पनि राष्ट्रिय योजनाका बिभिन्न अवसरहरुबाट बञ्चित रहँदै आएको माझकोट गाबिसमा बाहुल्य रहेकोमा गुरुङ जातिले मौलिक संस्कृतिको जगेर्ना गर्दै आएको पाईन्छ । यसै मौलिकताको  संरक्षण र सम्बर्धन हेतु बिभिन्न पर्बहरुमा आयोजना गर्दै आएका सांस्कृतिक कार्यक्रमहरुले सबै समुदायलाई एकताको डोरीमा बाँध्न सफल पनि देखिएको छ । तसर्थ यस ठाँउको संस्कृतिको संरक्षण गर्ने, पर्यटन प्रबर्द्धन गर्ने र मुख्यतया यस भेग आसपासका बासिन्दाहरुलाई (जो बिभिन्न रोगहरुले पिडित छन्) स्वास्थ्य सेवा दिलाउने हेतुले मेरोस्याङ्जा डट् कमले “माझकोट स्वास्थ्य सिबिर तथा महोत्वसब २०६७” मंसिर २३ २४ र २५ गते आयोजन गर्ने भएको छ ।

महोत्सवमा मनोरञ्जनात्मक पक्षमा राष्ट्रिय र स्थानिय कलाकारहरुको प्रस्तुतिहरु: रसि तान्ने, म्युजिकल चियर रहनुको साथै स्थानियबासीहरुले स्थानिय तवरले उत्पादन गरेको सामाग्रीहरुको प्रदर्शनी रहनेछ । माझकोट गाबिसको ९ वटै वडाहरुले अनिबार्य रुपमा खुला नाच प्रतियोगितामा भाग लिनेछन् भने यस गाबिस वरिपरिबाट पनि खुला नाच प्रतियोगितामा प्रतिस्पर्धामा भाग लिन सकिनेछ ।

स्वास्थ्य  सिबिरलाई मानसिक तथा नसा रोग बिशेषज्ञ डा. राजन शर्माको बिशेष पहलमा मेट्रोसिटी हस्पिटल  प्रा. लि., सृजनाचोक,  पोखराको अतुलनिय सहयोग रहेको छ भने आर्थिक सहयोगको पक्षमा भिरकोट आठथर तमु समाज हंगकंग प्रमुख प्रायोजक रहेकोछ । यस भेगका बासिन्दाहरुबाट पनि स्वास्थ्य सिबिर सञ्चालन गर्नमा लाग्ने आर्थिक सहयोग प्राप्त हुने ‍अपेक्षा राखिएकोछ । माझकोट गाबिस, माझकोट उमाबि र जिल्ला जनस्वास्थ्य माझकोट बिशेष सहयोगीको रुपमा रहेकोछ । आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया संयोजक समितिलाई सम्पर्क गर्नुहोला ।

सहयोगको उच्च कदर गर्दै प्राप्त नगदको श्रेणी अनुसार ब्यानारलाई कार्यक्रममा सजावाट गरिनेछ र ति ब्यानारहरु कार्यक्रम पश्चात माझकोट स्वास्थ्य चौकीमा सजाएर राख्नलाई आनुमति समेत प्राप्त भईसकेको यहाँहरुलाई जानकारी गराउदछ । ब्यानारहरुको साईज आकार निम्न प्रकारको राख्ने योजना छ ।

प्रकार     साईज         बिबारण        रकम
Platinum 6 x 4        Centre banner     रु ५०,००० भन्दा माथि
Diamond     2.75 x 4            N/A
Gold     2 x 1.75    परिवारको फोटो सहित    रु १०,००० भन्दा मथि
Silver     2 x 1        ब्याक्तिको फोटो सहित    रु ५,००० भन्दा माथि
Bronze     2 x 8.5    नाम मात्र        रु २,००० भन्दा माथि

साईज (width x height in foot)

प्रेम गुरुङ रानिस्वर ९८०६७ ८६०३६
मिन गुरुङ खाल्टे ९८५६० २७२६५ 
पदम गुरुङ राम्चे ९८४६० २७५८४
मुक काजी गुरुङ सिंगारकोट हाल हंगकंग + ८५२ ९६८७ १०६०
संयोजक समिति
माझकोट स्वास्थ्य सिबिर २०१०
By syangjasite.blogspot.com

No comments:

Post a Comment