Wednesday, April 13, 2011

मेरो ज़िन्दगी



ज़िन्दगी को कालो रात संग संगै आशावादी दिन अनि सपना हरु  आंधी हूरी र खोला नाला संगै बगी आएछ  समएको गति संगै ख़ुशी का दिनहरु  अनि तिम्रा याद एकै साथ छितिज पारी सूर्येको किरण संगै डूबी गएछ याद  आउछ घरी घरी बितेका ति दिन हरुको तर बेअर्थ छ त्यों दिन हरु सम्झनलाई किन की समझना भनेको मेरो ब्याकरण मै छैन अथवा एका देश को कथा जस्तै हो/
सहने समर्थ छ म मा दुख र पीड़ा को भारी बाद्धे भएर बसेको छू म हजारौ लाखौ दुख को माझमा पनी तर तिम्रो सोच फरक होला मेरो बारेमा दिएको हौला निस्ठुरी, घाती बैमानी र लाचारी को उपनाम हरु .....त्यसैले .....


कहिले को खुसी पलभर को
कहिले को माया क्षणभर को
दुखियाली जिन्दगीमा तिम्रो आगमन पलपलको

सताऊछ यहाँ पीड़ा र आश्वासनले
भत भती पोल्छ यो मन बेदनाले
सुनाऊ म यहाँ कस्लाई मन को कथा
दुख मा साथ दिने अनि निस्वार्थ सोच्ने कमै छन यहाँ!

जान त खोज्छु म चन्द्र छुन!
बिकल्प छैन मेरो भन्दा एक्लै रुन!!
आश्वासन त दिन्छ्न यहाँ!
बिस्वास  भन्दा बिश्वासघाति धेरै यहाँ!!

गल्ती त मेरो पहिले नै थियो
आफ्नो खुट्टा मा  बन्चरो हान्दा
 उस्काउने लाई के थाहा
उकासिने को व्यथा !

No comments:

Post a Comment