Thursday, April 22, 2010


तनहुँ, वैशाख ९ -  
द्वन्द्वको समयमा जागिर छाडेका सेना तथा प्रहरीले पुर्नवहालीको माग सुनुवाई नभएको भन्दै बिहीबार गरेको पश्चिमाञ्चल वन्दको क्रममा एउटा मालवाहक ट्रक जलाएका छन्  ।  

करिव २० जनाको संख्यामा रहेका उनीहरुले विहान करिव ५ वजे पृथ्वि राजमार्गको घाँसीकुवा ५ मा बारावाट पोखरातर्फ सिमेन्ट लिएर जाँदै गरेको ना ४ ख २६२७ नम्बरको ट्रक जलाएका हुन् । ट्रकलाई उनीहरुले अन्य सवारी ओहोरदोहोर हुन नसक्ने गरी विच सडकमै तेस्र्याएर आगो लगाएका थिए । जस्को कारण राजमार्गमा चल्ने सवारी ओहोरदोहोर हुन सकेको  छैन । उनीहरुले राजमार्गमा चल्ने पर्यटकीय वस समेत चल्न दिएका छैनन् । उनीहरुले करिव आधा दर्जन  सवारीसाधन समेत तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरी निरीक्षक पुष्प मल्लको नेतृत्वमा प्रहरी टोली गएको छ ।

No comments:

Post a Comment