Tuesday, March 30, 2010

जिबन को सानो टुक्रा दिल बाट

उसलाई माया पनि गर्न सक्दिन र तिरस्कार पनि गर्न सक्दिन कुन मोड मा लिएर आइपुग्यो मलाई यो समय ले . आखिर मैले के गल्ती गरेको थिए ? कि तिमीले मलाई यति ठुलो सजाय दिदै छौ ? हे खुदा सक्छौ भने उसको मन मा मेरो लागी सकेसम्मको घ्रिणा उत्पन्न गरिदेउ ! किन कि म उसलाई चाहेर पनि मेरो जिबन मा लिएर आउन सक्दिन !तसर्थ मानिस को जिबनमा समस्या र बाध्यता भनेको शरीरको कुनै एक सुस्मदायिक अङ्ग नै रहेछ क्यारे साएद ! त्येसैले उसलाई आफ्नो बनाउनु भनेको नै मेरा शरीरको सुस्मदायिक अंगमा अथवा मेरो जिबनको पल पल मा चोट पुराउनु तथा जलाउनु हो अब तपाई नै भनुस कि म के गरु?



मलाई जिन्दगी मोड हरुमा यति ठुला ठुला समस्या हरुले सताउछंन भन्ने पैहिलो पल्ट अनुभब गर्दै छु ! मलाई थाहा थिएन कि एउटा सानो मजाक को कारण ले मलाई यति ठुलो समस्यामा पर्दो रैछ भन्ने कुरा
मलाई त केहि भएको छैन तर उसको मनलाई कति सम्म चोट पुग्न सक्ला मेरो सानो हासो ले गर्दा . यो कुरा मैले पहिले नै सोच्नु पर्ने हो तर ........ मलाई के थाह कि उसले मलाई साच्ची नै माया गर्दो रैछ !


मैले उसलाई भन्न पनि सक्दिन कि म तिमीलाई घ्रिणा गर्छु भनेर. अनि त्यो पनि भन्न सक्दिन कि म तिमीलाई माया गर्छु भनेर . किन कि म यौटा बिबाहित मान्छे हु INTERNET को सानो रमझम ले गर्दा मैले आफ्नो श्रीमती लाई पनि बिर्सन खोजेको रहेछु तर एक दिन मलाई सम्झना आयो कि म त एउटा बिबाहित केटा हु मेरो पनि एउटा सानो संसार छ ! तर यो कुरा पछी आएर मात्रै मेरो दिमाग मा आयो तर के गर्नु अब त साह्रै अबेर भैसक्यो .

अब मैले एउटा लाई छोडेर अर्को लाई जिबन संगिनी बनाउन चाहन्न किनकि मेरो अहिले को श्रीमती मेरो पहिलो अनि अन्तिम प्रेमिका हो म उ बिना एकपल पनि बाच्न सक्दिन . ... त्येसैले जुन यो सानो कहानी तिम्रो नाम मा लेखेको छु नि यो पढेर तिमीले आफै बुझ्नु अनि ............................मलाई बिर्सने कोशिस गर्नु ल ....

                                                 उही तिम्रो सुख र हासो चाहने "एलान"
                                                           हाल दोहा कतार.
यो एउटा सानो कथा तपाई ले उपलब्द गराई दिएको मा "एलान" जी लाई मा हिर्दये देखि नै धन्येबाद दिन चाहन्छु .आशा छ भबिस्य मा पनि तपाई ले यस्तै - यस्तै कहानी हरु लेख्दै हामी लाई सम्झनु हुन्छ भन्ने हामीलाई लागेको छ .

1 comment: