के पाउनु हुन्छ आखिर ?
धुम्रपान स्वास्थको लागि हानिकारक छ भन्ने थाहा पाउदा पाउदै पनि किन वास्ता गर्नु हुन्न तपाईं हरु ? आखिर के पाउनु हुन्छ धुम्रपान गरेर। त्यही हो छिटो म्रुत्यु , दम को रोग , क्यान्सर, खोकि,र अरुको छि छि र दुर दुर्।अनी पैसाको सत्त्ये नाश । तपाईंले बरु त्यो पैसा को उपयोग कुनै राम्रो खाना मा लगाउनुहोस् वा घरको कुनै समस्या मा लगाउनुहोस्। वा त्यो पैसा ले आफ्नो बच्चाको भविस्एको बारेमा सोचेर त्यता तिर उस्को पढाई मा खर्च गरिदिनुहोस्। अथवा आफ्नो परिवार लाई कुनै न कुनै रुप मा भए पनि खुशी दिनुहोस् त्यो काम ले गर्दा बरु तपाईं को राम्रो परिवार अनी राम्रो इज्जत हुन्छ। तपाईंले कुलत गरेर दुनियाँ मान्छे हरुको घिणा हुनु भन्दा एउटा राम्रो मान्छे बनेर बसेको नै राम्रो हुन्छ। धुम्रपान ले एउटा लाई मात्रै होइन उस्को आड पाड मा बसेको सबै मान्छे हरुलाई सम्म असर पुर्यएको हुन्छ कती पए मान्छे हरुलाई त झन उल्टी नै आउने गरी गनाउछ तेसैले खैनी सुर्ती रक्सी गान्जा र अन्ये किसिम का नसालु पदार्थ ले मान्छे लाई ,एकातिर आफ्नो शरीर को नाश गर्छ भने आर्को तिर दुनियाँको अगाडि एउटा उपनाम ले चिनिन्छ।गाजा खाने मान्छे लाई हेर्नुहोस् उस्को नाम गाजे भनेर बोलाउने गर्छन् हाम्रो गाउसमाज मा र जाड रक्सी खाने लाई जड्या भनेर अब आँफै भन्नुस् कि समाज मा इज्जत्वार भएर बसेको राम्रो कि बेइजती को उपनाम लिएर बसेको राम्रो? तपाईं आँफै सोच्नुहोस्।कती पये हर्म्रो समाज मा घरमा पकाउने खाने कुरा सम्म हुँदैन तर रक्सी र चुरोट किन्ने
पैसा चाँही कसरी जुटाउछ्न त्यो आँफैलाई सम्म थाहा हुँदैन। त्यो पैसाले जाड रक्सी खैनी सुर्ती किन्नु भन्दा बरु आफ्नो परिवार को लागि खाने कुरा किन ।। राम्रो लगाउ इज्जत दार बनेर समाज मा बस । तिम्रो त्यो मधेपान को कारण ले गर्दा घर मा दिन दिनै झगडा हुन्छ। छोरा छोरी ले पनि त्यही नक्कल गर्न सक्छन। बाबु नानी हरुमा तेही सिको सिकेको हुन्छन। अनी बच्चा हरुको भविस्ये पनि तपाईं को जसतै हुन्छ तपाईंको धुम्रपान र मध्येपान ले कुनै कोण बाट पनि फाईदा पुराउने कुरै गर्दैन बरु जता ततै बाट हानी नोक्सान नै पुरएको हुन्छ।त्यो तपाईंले पर्योग गरेको धुमर्पान र मध्येपान को बट्टा र बोतल ले बातावरण नै दुर्घन्धित बनएकोहुन्छ। माटो मा कुनै राम्रो फसल हुँदैन। गाउँ घर हेर्दा फोहोर र दुर्ग्न्धित बनाएको हुन्छ। ठाउँ ठाउँ मा सिसा र प्लस्टिक्,बातावरण मा नराम्रो aसर तपाईंको

त्यो सिको ले गर्दा भोलिको दिन हरुमा परिवार, समाज, देश नै कुलत को बाटो मा जान सक्छ। धुम्रपान गर्ने पैसा नहोला अनी नसाको बेलामा मान्छे ले जे पनि गर्न सक्ला जस्तो: चोरी, ड्कैती, लुट्पाट्,हत्या जे पनि हुन सक्छ त्यो अवस्थामा। त्येसैले तपाईं हरुले आफ्नो परिवार,समाज ,र देश को उन्नती चाहनुहुन्छ भने आजै बाट धुम्रपान र मद्धेपान लाई छोडिदिनुहोस्। यदी तपाईंले छिटो छोड्न सक्नुहुन्न भने तपाईं हरुजस्ता को लागि देश मा विभिन्न संघ सस्था हरु खुलेका छन त्येस मा तपाईं हरु भर्ना भएमा तपाईंको समस्यामा छिट्टै समाधान आउने छ र तपाईं को जिबन पनि सुखी र खुशी हुने छ भन्ने आशा राख्द्छु।
No comments:
Post a Comment